काठमाडाैं ।। ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा चेन्नई सुपर किङ्स विजयी भएको छ । गएराति दुबईमा भएको खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई २० रनले हराएको हो । चेन्नईले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । कोरोना भाईरसको कारण स्थगित आईपीएलको बाँकी खेल हिजोबाट सुरु भएको हो ।
यसैबीच ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को टिम रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले पद छाड्ने घोषणा गर्नुभएको छ । भारतीय क्रिकेट टिमका कप्तान समेत रहनुभएका कोहलीले हिजो कप्तानी छाड्ने घोषणा गर्नुभएको ।





