रौतहट ।। प्रदेश नं. २ सरकार मिडिया फ्रेन्डली रहेको भुमि व्यवस्था कृषी तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले बताउनु भएको छ ।
आज गौरबाट संचालन आरम्भ गरेको अनलाईन कान्तिपुर डटकमलाई उदघाटन गर्नु हुदै मन्त्री यादवले, रौतहटको पत्रकारीतालाई मर्यादीत पत्रकारती बनाउन पत्रकारहरु संग आग्रह गर्नु भएको छ । पत्रकारीता एकेफोटीसेवे भन्दा पनि शक्तिशाली रहेकोले यसको गरिमा बढाउन अनलाईन कान्तिपुर डटकमले भुमिका खेल्नु पर्ने भन्दै, मन्त्री यादवले, स्वक्ष, सत्य तथ्य र खोज पत्रकारीमा जोड दिनु आग्रह गरे ।
सम्राट अनलाईन कान्तिपुर प्रा.लि.द्धारा संचालित अनलाईन कान्तिपुर डट.कम उदघाटन कार्यक्रमको विशिष्ट अतिथी नेपाल पत्रकार महासंघ प्रदेश नं. २का सदस्य शैलेन्द्र झाले, पत्रकारीता शुरुआत गर्नु कुनै ठुलो कुरा नभए पनि यसको गरिमा जोगाई सत्य, तथ्य र खोजमुलक पत्रकारी गर्नु पर्ने बताए ।
समाजिक संजाल मात्र सानो जानकारीको लागि रहेकोले, सामाचार पत्रिका, अनलाईनमा मात्र लेख्नु पर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झाले बताएका छन् । अध्यक्ष झाले, समाचारलाई समाजिक संजालको स्टेटसको रुपमा प्रयोग गर्दा समाचारको अस्तीत्व नै समाप्त हुने हुदाँ त्यस्तो कार्य नगर्न र जहिले पनि पुर्ण समाचार पत्र पत्रिका तथा अनलाईन संचार माध्यममा आउनु पर्नेमा जोड दिए ।
कार्यक्रम सम्राट अनलाईन कान्तिपुर प्रा.लि. अध्यक्ष संजिव झाको अध्यक्षतामा भएको थियो भन्ने कार्यक्रममा गरुडा नपा वार्ड नं. १का वडा अध्यक्ष सरोज यादव, नेपाल पत्रकार महासंघको सदस्य तथा संगम खबर डटकमको सम्पादकब दिनेश संगम, रौतहट टुडेका जितेन्द्र दास, संचाकर्मी, श्रीकान्त यादव, जितन यादव, सोनु कुश्वाहा, श्रीनिवास ठाकुर लगायतका सकडौ व्यक्तिहरुको सहभागिता रहेको थियो ।
सवैको आशाको किरण नै पत्रकारीता हो :– राज्य मन्त्री यादव
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।