काठमाडाैं ।। त्रिभुवन विश्वविद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालनको व्यवस्था गर्न आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूलाई आग्रह गरेको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गरी अहिले अनलाइन कक्षा सञ्चालन गरिरहेका सबै क्याम्पस, विभाग तथा स्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको वातावरण बनाउन आग्रह गरेको हो । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले सम्भव भएसम्म आजदेखि नै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न मातहतका निकायलाई एक सूचनामार्फत भन्नुभएको छ । भौतिक उपस्थितिमा कक्षा सञ्चालनका लागि त्रिवि कार्यकारी परिषदले निर्णय यसअघि गरिसकेको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले भने सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर स्थानीय तहहरूले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न सक्ने आदेश जारी गरेको छ ।
त्रिविका कक्षा भौतिक रूपमा सञ्चालन हुने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।