काठमाडाैं ।। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा बिभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले तयार पारेको भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक चल्न नदिने भएको छ । एमाले सचिव शेरबहादुर तामाङका अनुसार एमाले दल फुटाउनका लागि सत्ताधारी दलले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र त्यसका बारेमा अदालतमा पनि मुद्दा विचाराधीन रहेका कारण एमालेले विरोधलाई निरन्तरता दिने भएको हो । अस्तिको प्रतिनिधि सभाको बैठकमा एमालेको विरोधका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेश भएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।