काठमाडाैं ।। अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को टोलीले काठमाडौँ आएसँगै उच्चस्तरीय भेटघाट सुरु गरेको छ । एमसीसीका उपाध्यक्ष फातिमा सुमार लगायत टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने भएको छ । हिजो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसी टोलीले भेट गरेको थियो । एमसीसीको कार्यान्वयनको अवस्थाका बारेमा टोलीले राखेको जिज्ञासामा नेकपा एमालेका अध्यक्ष ओलीले भने सरकारले निर्णय गरेपछि मात्रै आफ्नो पार्टीले धारणा बनाउने जवाफ दिनुभएको छ । सत्तामा हुँदा आफूले एमसीसी सम्झौता पारित गर्ने प्रयास गरेको र प्रमुख प्रतिपक्षी भूमिकामा गएको जानकारी गराउँदै अहिलेको सरकारले यस बारेमा निर्णय गरेपछि पार्टीले धारणा बनाउने ओलीले बताउनुभएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले बताउनुभयो । माओवादी केन्द्र, नेकपा एमाले लगायतका दलहरूभित्र पनि एमसीसीको विरोध र समर्थन हुँदै आएको छ । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले संसोधन नगरी एमसीसी पारित गर्न नहुने बताउनुभयो । एमसीसीको विरोध गरेकै कारण सरकारबाट बाहिरिनु परेमा पनि आफूहरूलाई कुनै समस्या नहुने उहाँको भनाइ छ । केही विज्ञहरूले पनि एमसीसी परियोजना संसोधन नगरी नेपालमा लागु गर्न नहुने बताउँदै आएका छन् । पूर्वाधारविज्ञ डा सुर्यराज आचार्यले सरकारले विज्ञहरुसँग छलफल नगरी एमसिसिसँग जवाफ माग्नु गलत भएको बताउनुभयो । एमसीसीका उपाध्यक्ष फातिमा सुमार हिजो काठमाडौँ आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत काठमाडौँका बिभिन्न स्थानमा भएको विरोध प्रदर्शनक्रममा ३५ जनाभन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here