काठमाडाैं।। अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अहिले संशोधन गर्न नसकिने बताएको छ । नेपालको हीतमा हुने गरी एमसीसी सम्झौताका केही बुँदाहरु संशोधन गरेर मात्र लागू गर्नुपर्ने लगायतका विषयमा आवाज उठिरहेका बेला अमेरिकाले हस्ताक्षर सम्पन्न भइसकेको सम्झौता अहिले संशोधन गर्न नसकिने जवाफ दिएको हो । सम्झौतामाथि उठेका प्रश्नहरूलाई समेटेर नेपाल सरकारले पठाएको प्रश्नको जवाफमा एमसीसीले सम्झौताको मूल अंश संशोधन हुन नसक्ने स्पष्ट पारेको हो । आज नेपाल भ्रमणमा आउन लाग्नुभएका एमसीसी उपाध्यक्ष फातिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई लेखेको जवाफमा हस्ताक्षर भइसकेको एमसीसी सम्झौता अहिले संशोधन हुन नसक्ने उल्लेख गर्नुभएको छ । नेपाल सरकारले अमेरिकालाई पठाएको संशोधनको कुरा संसद्बाट किन अनुमोदन हुन नसक्ने भन्दै सोधेको प्रश्नको जवाफ दिँदै सुमारले भनेकी छन्, ‘हस्ताक्षर भइसकेको एमसीसी नेपाल कम्प्याक्ट अहिले संशोधन गर्न सकिँदैन ।’ जवाफमा भनिएको छ, ‘एमसीसी नेपाल कम्प्याक्ट, एमसीसी र नेपाल सरकारका अन्य निकाय लगायत कानून, न्याय संसदीय मामिला मन्त्रालयसहितको वृहत छलफलपश्चात सन् २०१७ सेप्टेमबर मा सम्पन्न भएको हो ।
एमसीसी सम्झौता अहिले संशोधन गर्न नसकिने अमेरिकाको जवाफ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।