रौतहट ।। महिलाहरुले मनाउने हरि तालिका तीजको अवसरमा नारी चेतना महिला कृषक सहकारी सस्था गौर ५ र अन्तर पार्टी महिला संजालको संयुक्त आयोजनामा सास्कृतिक तथा दर खाने कार्यक्रम रौतहट जिल्लाको सदरमुकाम गौरमा सम्पन्न भएको छ ।
महिलाहरुले पति सन्तान र स्वास्थ्यको कामना गर्दै उपवास बसेर मनाउने तीजको पुर्व सन्ध्यामा सामुहिक रुपमा नाच गण गर्दै दर खाने कार्यक्रम मनाएका हुन् ।
सस्थाको अध्यक्ष गीता कुशवाहाको नेतृत्वमा आयोजना गरिएको सो कार्यक्रममा सहभागी भएका महिलाहरुले एक आपसमा खुशी साटासाट गर्दै कार्यक्रम गरेका थिए । रातो रंगको साडी र हरियो रंगको पोतेले सजिएकी महिलाहरुले तीजको गीतमा रमाउदै नाच्दै पर्वको अवसरमा खुशियाली अडान प्रदान गर्दै सामुहिक रुपमा खाजा खाएको गीता कुशवाहाले बताएकी छिन ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।