काठमाडाैं ।। भियतनाम सरकारले कोरोना महामारीको चौथो लहरका कारण स्थिति नियन्त्रणभन्दा बाहिर गएको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ । भियतनामको हो ची मिन्ह सहरमा कोरोनाको चौथो लहरका कारण मानिसहरु बढी प्रभावित बनेका छन् । दैनिक ८ सयको कोरोनाका कारण मृत्यु हुन थालेको छ भने १० हजारभन्दा बढीको दरले नयाँ सङ्क्रमित थपिन थालेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार भियतनाममा बढेको सङ्क्रमण दरका कारण अस्पताल आउने बिरामीको सङ्ख्या पनि बढ्न थालेपछि उपचारमा समस्या हुन थालेको छ । २७ अप्रिलमा पहिलोपटक फेला परेको कोरोनाको डेल्टा भेरिएन्टका कारण भियतनाममा कोरोनाको चौथो लहर शुरु भएको हो । गम्भीर बिरामी अस्पताल आउने क्रम बढेसँगै सरकारले सबैलाई सचेत र सतर्क रहन आग्रह गरेको छ ।
Home अन्तराष्ट्रिय भियतनाम कोरोना महामारीको चौथो लहर नियन्त्रणभन्दा बाहिर, सबैलाई सतर्क रहन सरकारकाे आग्रह





