काठमाडौँ ।। सरकारले असोज दोस्रो सातासम्म इजरायल जानेहरूको टुङ्गो लगाइसक्ने गरी तयारी सुरु गरेको छ । जसका लागि वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन सेवा केन्द्रमा सहायक कामदारको रुपमा जान आवेदन दिई स्वीकृत भएकाहरुको लागि परीक्षा मिति तोकिसकेको छ । लिखित परीक्षा र अन्तर्वातामा सफल १ हजार ४ सय इजरायल जानेछन् । इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरि ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका छन् । लिखित परीक्षाका लागि १६ परीक्षा केन्द्र तोकिएका छन् । परीक्षाको नतिजा २ दिनभित्र प्रकाशन गरेर १० देखी १२ दिनभित्र अन्तर्वाता लिने र असोज दोस्रो हप्तासम्म योग्यता पुगेका १ हजार ४ सय कामदारको सूची तयार गरी इजरायल सरकारलाई उपलब्ध गराउने विभागको योजना छ । इजरायल जान १ लाख ६५ हजार खर्च लाग्छ भने उनीहरूले मासिक १ हजार ६ सय डलर पारिश्रमिक पाउँछन् । पहिलो चरणमा ७ सय महिला र ३ सय पुरुष गरी एक हजार कामदार इजरायल जाने भए पनि योग्यता पुगेका १ हजार ४ सयको सूची सरकारले इजरायल सरकारलाई उपलब्ध गराउनेछ । इजरायलले कामदार छनोट गरी विभागलाई उम्मेदवारको करारनामामा हस्ताक्षरसहित पठाउने छ । विभागले सम्झौता गराइ दूतावासमा पठाउने छ । सम्झौता भएको ३० दिनभित्र श्रमिक इजरायल गइसक्नुपर्ने प्रावधान छ । वैदेशिक रोजगार व्यवसायीले भने सरकार आफैँले कामदार पठाउनु नीति विपरित भएको आरोप लगाउँदै आएका छन् ।
असोज दोस्रो सातासम्म इजरायल जानेहरूको टुङ्गो लाग्ने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।