काठमाडाैं ।। निर्वाचन आयोगले एमाले र जनता समाजवादी पार्टी (जसपा) का प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ गठन भएका पार्टी छनोटका लागि दिएको समय आज सकिँदै छ । नयाँ पार्टी रोज्ने जनप्रतिनिधिले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा आज कार्यालय समयभित्र उपस्थित भइ सनाखत गराउनुपर्ने निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । अर्को पार्टीमा जान चाहने जनप्रतिनिधिले आजसम्म पनि सनाखत नगराए उनीहरूको पद गुम्ने छ । एमाले र जसपाबाट छुट्टिएर गठन भएका नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहनेका लागि समय निर्धारण गरेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here