राेल्पा ।। रोल्पामा पहिरोले पुरिएर ५ वर्षका बालकसहित २ जनाको मृत्यु भएको छ । निरन्तर वर्षाका कारण घरमाथिबाट पहिरो खस्दा रोल्पा नगरपालिका वडा नम्बर १० बाम्लाका पूर्णबहादुर थापाको घर पुरेको थियो । पहिरोमा परी थापाका श्रीमती ७० वर्षिया गौरी थापा र ५ वर्षका एक बालकको मृत्यु भएको अनि अरु २ जना घाइते भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारका लािग खटिएका छन् । रोल्पाकै सुनिलस्मृति गाउँपालिका ४ को फगाम खोलामा आएको बाढीले एउटा बस बगाएको छ । बिहान करिव साढे ६ बजे खोला छेउमा रहेको वर्कसपमा बाढी पस्दा मर्मतका लागी राखिएको एउटा बस बगाएको प्रहरीले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।