रौतहट।। बुहारी हकहित सहित हिंसामा परेकी महिला तथा बाल बालिकाको न्यायको लागि स्थापना गरिएको मेची महाकाली बुहारी संयुक्त आवाजले विभिन्न कार्यक्रम गरि दोस्रो बर्षगाठ मनाएका छन् ! २०७७ साल भाद्र १९ गते विधिवत रुपमा स्थापना गरिएको बुहारी संयुक्त आवाज सस्थाले आफ्नो वार्षिकोत्सव तथा सस्थाका केन्द्रिय अध्यक्ष यमु शर्मा शुव्बाको जन्मदिन एकै साथ मनाएका हुन् !

मेची देखि महाकाली सम्मको बुहारीहरुको हकहितको संरक्षण , घरेलु हिंसामा परेकी महिलाको न्याय को लागि आवाज उठाउने उदेश्यले सथापना गरिएको सो सस्थामा रहेका महिलाहरुले क्रियाशील भएर कम गर्दै आएका हुन् ! मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा कार्यालय रौतहटले प्रदेश संयोजक पुञ्ज पाठक तिमिल्सिनाको प्रमुख आतिथ्यमा शाखा कार्यालय चन्द्रनिगाहपुरमा केन्द्रिय अध्यक्षको जन्मदिनको केक काटेर दोस्रो बार्षिकोत्सव मनाएका हुन् !

कार्यक्रममा सम्वोधन गर्दै प्रदेश संयोजक पाठकले घरेलु हिँसामा परेका बुहारी , बालबालिकाहरुको हित मा सस्थाले सक्रिय भएर कार्य गर्दै अघि बढी रहेको बताए ! उनले प्रदेश २ मा विगतको समयमा भएको बलात्कार , हत्याको घटनाले महिला तथा बालबालिकाको सुरक्षा चुनौती थपिएको जिकिर गरे ! महिला प्रति हुने हिँसा , हत्या ,बलात्कार जस्ता जघन्य अपराध नियुनिकरणको लागि नेपाल सरकार ले कडा कानुन बनाउनु पर्ने जोड दिए !

वार्षिक उत्सवको अवसरमा सर्लाहीको लालबन्दी स्थित उद्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा सहभागी भएका प्रदेश संयोजक पाठकलाइ प्रमुख जिल्ला अधिकारी राम कुमार महतले मायाको चिनो बाट सम्मानित समेत गरेका थिए ! सर्लाही जिल्ला शाखाले आयोजना गरेको कार्यक्रममा लालबन्दी नगरपालिकाका मेयर मान बहादुर खड्का बहादुर , जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर , ईलाका प्रहरी कार्यालय लालबन्दीका इन्चार्ज निर्मल थापा, नेपाल शिक्षक संगठनका अध्यक्ष लिला कुमार बानियाँ, किसान नेता प्रकाश थापा लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here