रौतहट।। सत्तामा पुग्ने बेला प्रयोग गरिने दलित समुदायको परिवारलाइ सत्ता सुख प्राप्ति भै सके पछि कुनै बस्ता नगर्ने प्रचलन नेपालमा कायम रहेको छ ! प्रतिनिधि सभा , प्रदेश सभा र स्थनीय निकायको निर्वाचनमा बढी केन्द्रित हुने समुदाय गरिव दलित नै हो र निर्वाचित भएपछी सवै भन्दा बढी अपहेलित उपेक्षित हुने समुदाय पनि उही नै हो !
नेपालमा शाहीकाल देखि लोकतान्त्रिक गणतान्त्रिक साशन व्यवस्था आएपनि गरिव , दलित , लोपोमुख जातिको व्यवस्था फेरिएको छैन ! रौतहट जिल्लाका राजदेवी नगरपालिका वडा नम्बर ६ माठ टोलमा विगत ४० बर्ष देखि बसोवास गर्दै आएका दलित समुदायको अवस्था दैनिय रहेको छ ! बागमती नदि कटानले विस्थापित हुदै आएका दलित समुदायलाइ बसोवास गर्न आफ्नो जग्गा पनि रहेको छैन !
मुलुकमा शासन व्यवस्था परिवर्तन हुदै गाउ गाउमा सिहदरबार आएपनि उनिहरुलाई स्थानीय सरकारको अनुभूति हुन् सकेको छैन ! अझै दमन शोसन र विभेदका शिकार भएका छन् ! ६५ घर परिवार पासवान र २० घर परिवार चमार जति अरुको जग्गामा घर बनाएर बसोवास गर्दै आएका छन् ! स्थानीय निर्वाचनको बेला बाचा गरि निर्वाचित भएका नेपाली कांग्रेसका नगर प्रमुख धिरेन्द्र कुमार सिंहले निर्वाचन भएको चार बर्ष भन्दा बढी समय वितेपनि एक चोटी दुख बुझ्न नआएको गुनासो दलित परिवार हरुको रहेको छ ! राजदेवी नगरपालिका वडा नम्बर ६ स्थित रहेका ६५ दुसाध परिवारका व्यक्तिहरु विगत ४० वर्ष देखि झुपडीमा गुजारा गरि रहेका छन् ! प्रदेश सरकारको जनता आवासका योजना पनि उनीहरु समक्ष पुग्न सकेको छैन !
बागमती नदिको कटानबाट विस्थापित भएका परिवारलाइ बसोवासको लागि उपलव्ध गरिएको प्रति परिवार ५ धुर जग्गामा सवै परिवार गुजारा गर्न बाध्य भएको स्थानीय बहुजन पासवानले बताए ! पासवान टोलमा नगरपालिकाबाट विकास समेत नगरिएको उहाको भनाइ रहेको छ ! विकासमा विभेद गरिएको उनले बताए ! शौचालय , शुद्ध खानेपानी , बाटो , नाला समेतको अभावमा दैनिक जीवन विताइरहेका परिवारले सरकार संग जग्गा व्यवस्थापन , सुरक्षित आवासको व्यवस्थापन गरि दिन माग गरेका छन् !
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा र जिल्ला दैवी प्रकोप उद्दार समितिले खरिद गरेको जग्गामा ६५ परिवारले बसिरहेको छ भने १० कट्ठा जग्गा एक जनाले निजि कव्जा गरेर भोग चलन गर्दै आएपनि स्थानीय प्रसाशनले सो प्रति कुनै चासो देखेका छैन ! १० कट्ठा जग्गा भूमिहीन व्यक्तिलाइ बसोवास गर्नको लागि दिने उदेश्यले खरिद गरिएको थियो तर सो जग्गा बर्षौ देखि राजदेवी नगरपालिका वडा नम्बर ७ का धनपत यादवले एकलौटी रुपमा भोग गरिरहेको स्थानीयले बताएका छन् ! खलिल चौधरी , सत्य नारायण साह , बचन सिंहको जग्गा भाडामा लिएर विगत २५ बर्ष देखि बसोवास गर्दै आएको पिडा सरोज रामले सुनाए !
बर्षको कट्ठाको २५ सय रुपैया हुन्डा वापत दिनु परेको बाध्यता दलित परिवारहरुको रहेको छ ! हुन्डामा स्थानीय रामदेव राम , मनोज राम , इनरजित राम , उपेन्द्र राम , राम आश्रे राम , शम्भु राम , कपिन्द्र राम , प्रमोद राम , खुवलाल राम , कृष्नान्दन राम , मुश्हर राम , कुश्हर राम , फेकु राम पपु बैठा घर बनाएर बसोवास गर्दै आएका हुन् ! फुसको घर बनाएर जीवन यापन गर्दै आएका परिवारले संघीय सरकार , प्रदेश सरकार र स्थानीय सरकारलाइ जग्गा व्यवस्थापन गर्न आग्रह समेत गरेका छन् !