काठमाडाैं ।। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले छट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाउनुभएको छ । केही समय अघि अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रहको प्रस्ताव अगाडि सारेसँगै पार्टी भित्र टकराव बढेको छ । त्यसै क्रमका दुई अध्यक्षले आज छट्टाछुट्टै केन्द्रीय समितिको बैठक आह्वान गर्नुभएको हो । अध्यक्ष मिश्रले दिउँसो साढे १२ बजे बैठक बोलाएपछि संयोजक पाण्डेले त्यसअघि नै बिहान ११ बजेका लागि बैठक बोलाउनुभएको छ । भर्चुअल रुपमा हुने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने विषयमा कुरा नमिलेपछि बेग्लाबेग्लै बैठक राखिएको नेताहरुले बताएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।