रौतहट ।। रौतहट जिल्लामा कोरोना भाइरसको संक्रमण दर न्यून हुँदै गएपछि सामुदायिक तथा निजी बिद्यालयहरुको कक्षा संचालनको तयारी थालिएको छ ।
२०७६ चैत्र देखी बन्द रहेका सामुदायिक बिद्यालयहरु संचालनको तयारीमा छन ।
केही निजी बिधालयहरुले भने भौतीकरुपमा नै कक्षा संचालन थालि सकेका छन । चन्द्रपुर नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयहरु पनि विहिबारबाट संचालनगर्ने तयारीमा रहेको छ । चन्द्रपुरका केही निजी बिधालयहरुले भौतिकरुपमा नै बिधार्थी उपस्थित गराएर कक्षा संचालन शूरु गरेका छन ।
गौर नपाले पनि कक्षा संचालनका लागी तयारी भैरहेको र जोखिमको अवस्था हेरेर एकहप्ता पछि देखी कक्षा संचालन गर्न छलफल भैरहेको गौर नपाका मेयर अजय गुप्ताले जानकारी दिए ।
रौतहटका १८ स्थानिय तहका केही निजी बिधालयहरुले बैकल्पिकरुपमा कक्षा संचालन गर्दै आएका थिए ।
जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलबार १८ ओटै पालिकाहरुलाई कोरोना अनुगमन गरि नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड पुरा गरि बुधबारबाट सबै सामुदायिक तथा निजि विद्यालयहरु भौतिक उपस्थितीमा नै कक्षा सञ्चालन गर्न गराउनु अनुमती दिएसँगै रौतहटका का विद्यालय संचालन गर्न तयारी थालिएको छ ।
रौतहटका बिद्यालयहरु कक्षा संचालनको तयारी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।