सिन्धुपाल्चोक ।। पानीको समस्या समाधान भएपछी सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाका नागरिक खुसी भएका छन् । नगरपालिकाको वडा नम्बर ११ स्थित पोखरीवेशीका ३४ घर बस्तीमा पानी पुगेपछी नागरिकहरु खुसी भएका छन् । टोलमा नै पानी आउन थालेपछि पिउनको लागि मात्रै होइन करेसाबारीमा तरकारी खेती गर्नका लागि पनि सजिलो भएको छ । बस्तीमा एक गाग्री पानीका लागि १ घण्टाको बाटो हिडेर कुवाँमा पुग्नुपर्ने समस्या थियो । पानीकै लागि छिमेकी बीच झगडा र वर्षौंसम्म बोलचाल नहुने समस्या समेत थियो । तर अहिले पोखरेवेशी गाउँले मुहार फेरेको स्थानीय सरस्वती गिरीले बताउनुभयो । पात्लेखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत अहिले पोखरेवेशी गाउँमा एउटा ट्याङ्की बनेको छ । ३४ घर धुरीका लागि ६ वटा धारा बनाईएको छ । अहिले गाउँमा रहेको धारामा पानी आउँछ । गाग्री बोकेर कुवामा जानुपर्ने बाध्यता हटेको पात्लेखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राम गिरीले जानकारी दिनुभयो । स्थानीयको ९४ हजार बराबरको श्रमदान सहित बिभिन्न गैरसरकारी सँस्थाको सहयोगमा पिउने पानी आयोजना सम्पन्न भएको हो । धारामा विहान र वेलुका २ पटक पानी खोलिन्छ । पानीको सुबिधापछि स्थानीयले तरकारी बेचेर कमाउन पनि थालेका छन् । टोलमा खानेपानी ब्यवस्थापनको लागि समिति बनाईएको छ भने हेरालु पनि राखिएको छ । हरेक घर धुरीले मासिक ५० रुपैँया उठाएर हेरालुलाई पारीश्रमिक दिने गरेका छन् । ९० ईन्च गहिरो खाडल खनेर पाईप गाडेकोले डडेलो लाग्दा पाईप जल्ने, काटिने, टुक्रीने समस्या पनि छैन । पानीको कारण गाउँका नागरिकको दैनिकि नै फेरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here