राैतहट ।। गम्भीर प्रकृतिका रोगका शिकार भएका रौतहट जिल्लाका एक जना स्थानीय संचारकर्मीलाइ ग्रामिण विकास केन्द्र नेपाल एक लाख एक हजार रुपैया आर्थिक सहयोग गरेका छन् !

मस्तिक ट्युमर रोगबाट ग्रसित भएका राजदेवी मेडिया प्रा लि का संचालक रामपुकार राउतलाइ ग्रामिण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसैनले कतार च्यारिटीको सहयोगमा एक लाख एक हजार रुपैया को चेक पिडित संचारकर्मी पटेललाइ मंगलवार हस्तानान्तरण गरेका हुन् ! नेपाल पत्रकार महासंघ रौतहट शाखाले आर्थिक अवस्था कम्जोर भएका संचारकर्मी राउतलाइ उपचारमा सहयोग गर्नु पर्ने गरेको आग्रहले उक्त रकम सहयोग उपलव्ध गरिएको ग्रामिण विकास केन्द्र नेपालका अध्यक्ष हुसैनले बताए !

भारतको दिल्ली स्थित एम्स होस्पिटलमा मस्तिक्सको शैल्यक्रिया हुने पत्रकार पटेलको उपचारमा विभिन्न व्यक्तिहरुले आ आफ्नो तर्फबाट सहयोग गर्ने गरेका छन् ! मधुमेहको अवस्था उच्च भएकोले सामान्य अवस्था भएपछी शैल्यक्रिया गरिने चिकित्सकहरुले जनाएको पटेलले बताएको छ ! नेपाल पत्रकार महासंघ रौतहट शाखाका पदाधिकारीहरुको रोहवरमा सस्थाका अध्यक्ष हुसैनले पिडितलाई चेक बुझाएका थिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here