काठमाडाैं ।। चीनले बालबालिकालाई दिइएको अनलाइन खेलको समयमा कटौती गर्ने भएको छ । अनलाइन खेलका कारण बालबालिकाले पठनपाठनमा समय नदिने, अत्यधिक खेलका कारण उनीहरूमा एकोहोरोपन विकास भएको लगायतका गुनासा बढ्दै गएपछि चीनले बालबालिकाको अनलाइन खेलको समयमा कटौती गर्ने भएको हो । अबदेखि बालबालिकाले एउटै अनलाइन खेल हप्ताको तीन घण्टा मात्र खेल्न पाउनेछन् । खेल प्राबिधिकले यसलाई खेलमा हुने अत्यधिक नशालाई रोक्ने कदमका रूपमा व्याख्या गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here