काठमाडाैं ।। विश्वभर फैलिएको कोभिड १९ कोरोना भाइरसको सङ्क्रमणबाट ४३ लाख ८७ हजार १ सय ५८ जनाको मृत्यु भएको छ । २० करोड ८८ लाख ७० हजार १ सय ५४ मा कोरोना पुष्टि हुँदा १८ करोड ७२ लाख ३९ हजार ६८ जना निको भएका छन् । सबै भन्दा बढि कोरोना सङ्क्रमित रहेको अमेरिकामा ६ लाख ३८ हजार ७ सय ९८ को मृत्यु भएको छ । अमेरिकामा हाल सम्म सङक्रमितको सङ्ख्या ३ करोड ७७ लाख ३६ हजार ९ सय ८६ रहेको छ । छिमेकी मुलुक भारतमा ३ करोड २२ लाख ५० हजार ६ सय ७९ मा कोरोना पुष्टि हुँदा ४ लाख ३२ हजार १ सय १२ को मृत्यु भएको छ । ब्राजिलमा २ करोड ३ लाख ७८ हजार ९ सय ८६ मा कोरोना सङ्क्रमण पुष्टि हुँदा ५ लाख ६९ हजार ५ सय ८१ को मृत्यु भएको छ भने रसियामा ६६ लाख ४२ हजार ५ सय ५९ मा कोरोना सङ्क्रमण पुष्टि हुँदा १ लाख ७२ हजार १ सय १० को मृत्यु भएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।