काठमाडाैं ।। प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त नेपाली काँग्रेसका नेतासमेत रहेका पूर्वसांसद हरिशंकर मिश्रले पद तथा गोपनीयताको सपथ लिएका छन् ।मिश्रलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ गराएकी हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो ।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । महोत्तरीको पिपरा गाउँपालिकाका मिश्र कांग्रेसका प्रभावशाली नेता रामनारायण मिश्रका छोरा हुन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश झा अहिराजलाई प्रदेश प्रमुखमा गत ७ फागुनमा नियुक्त गरेको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।