काठमाडाैं ।। अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको बचाउ गर्नुभएको छ । तालिबानले राजधानी काबुल नियन्त्रणमा लिएर जित घोषणा गरेको भोलिपल्ट अमेरिकी राष्ट्रपति बाइडेनले अफगानिस्तानका राजनीतिक नेता र अमेरिकाले तालिम दिएर पनि लड्न नचाहेका अफगान सैनिकका कारण अहिलेको अवस्था आएको भन्दै अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको बचाउ गर्नुभएको हो । अमेरिकी सैनिक फिर्ता भएसँगै अफगानिस्तानको सत्तामा तालिबान आउने भएपछि अल कायदासहितका आतंककारी समूहले आफ्नो बिस्तार गर्ने जोखिम पनि बढेको छ । काबुलमा अहिले देखिएका केही दृश्यहरु अति नै अप्रिय रहेको बाइडेनको भनाइ छ । अफगान राष्ट्रपति अशरफ घानीले एकैचोटी वा सामूहिक पलायन नचाहेकाले तीव्र गतिमा फिर्ता प्रक्रिया नगरिएको उहाँले बताउनुभयो । अमेरिकाले सन् २००१ मा अफगानिस्तानमा सैन्य अभियान थालेको थियो । तालिबानको साथ पाएको अल कायदाले सेप्टेम्बर ११ मा न्यूयोर्क र वासिङ्गटनमा आक्रमण गरेपछि अमेरिकाले सैन्य अभियान थालेको थियो ।
यसैबीच तालिबानले राजधानी काबुल नियन्त्रणमा लिएसँगै त्यहाँबाट बाहिरिन उड्न लागेको विमानमा चढेका तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा काबुल छोड्न चाहने अफगानीले उड्न लागेको अमेरिकी सैन्य विमान चढेका थिए । ति मध्ये तीन जना उडान लगत्तै विमानबाट खसेको अमेरिकी सैनिकको दाबी छ । अमेरिकी सैनिकले विमानस्थलमा आएका दुई हतियारधारी व्यक्तिको भने गोली मृत्युभएको जनाएको छ ।
वाइडेनद्वारा अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको बचाउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।