नुवाकोट ।। कोभिड–१९ सङ्क्रमितहरू बढेपछि नुवाकोटमा फेरि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले नुवाकोटमा भदौ १० गतेसम्म निषेधाज्ञा थपेको हो । दैनिक रूपमा कोभिड १९ को सङ्क्रमित र मृत्युदर बढेपछि निषेध आदेश थपिएको नुवाकोट प्रशासनले जनाएको छ । गएराति १२ बजेदेखि यही भदौ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालयले निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताउनुभयो । महामारी नियन्त्रणका लागि गरिएको निषेध आदेशको पालना नगरेमा प्रचलित कानून बमोजिम कारबाही गरिने पनि उहाँले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here