काठमाडाैं ।। अफगानिस्तानको राजधानी काबुलमा अलपत्र नेपालीलाई पाकिस्तानबाट स्वदेश फर्काइने भएको छ । अहिले अफगानिस्तानमा अन्तर्राष्ट्रिय उडान सञ्जाल अवरुद्ध भएकाले काबुलमा रहेका नेपालीलाई अफगान–पाक स्थलमार्गबाट स्वदेश फर्काउन सहमति भएको इस्लामाबादस्थित नेपाली राजदूत तापस अधिकारीले बताउनुभयो । उहाँका अनुसार अफगानिस्तानको जलालाबाददेखि पाकिस्तानको तोरखाम बोर्डरसम्म आउने विषयमा समन्वयको लागि पाकिस्तानको विदेश मन्त्रालयका अधिकारीसँग कुराकानी भएको छ । नेपालीसहित विदेशी अरू नागरिकका हकमा मान्य हुने गरी तत्काल अनअराइभल भिसा दिइने र भिसाको पैसासमेत मिनाहा गर्न सकिने प्रबन्ध तय भएको उहाँले जानकारी दिनुभयो । जलालाबाद–तोरखाम ७० किलोमिटरको दूरीमा पर्छ । त्यहाँबाट पेसावर वा रावलपिन्डी पुगेपछि इस्लामाबाद–काठमाडौंको उडानबाट नेपालीहरूलाई स्वदेश फर्काउने बारेमा पनि कुराकानी भएको जनाइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here