राहुल कुमार पाण्डेय ।।रौतहट ।। रौतहट जिल्लामा विगत एक हप्ता भित्रमा सर्प टोकाईको विरामीको संख्यामा वृद्धि भएको छ ! प्रचण्ड गर्मि को कारण सर्पको बढेको विगविगीको कारण विरामीको संख्यामा बढोतरी भएको हो ! साउन २७ गते देखि ३२ गते सम्म जिल्ला अस्पतालमा सर्पले टोकेको ३७ जना विरामी आएको अस्पतालका आकस्मिक कक्ष का जनस्वास्थ्य निरीक्षक दिनेश कुमार साहले जानकारी दिएका छन् !
सर्पको टोकेको पछि विष लागेर २ जना बालिकाको ज्यान गएको छ भने ३५ जना निको भएर घर फर्किएको उनले बताए !
कोब्रा र करैतको शिकार भएका विरामीहरु उपचार गराउन बढी आएको तथ्यांकले देखाएको छ ! विषालु सर्पले टोकेको कारण रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ९ कि ५ वर्षीय बालिका सन्ध्य कुमारी र विर्ता निवासी १० वर्षीय बालिका कोशीला कुमारीको मृत्यु भएको जान स्वास्थ्य निरीक्षक साहले बताए !
पोजेटिव देखिएका विरामीलाइ एन्टी भेनस भ्याक्सिन १५ देखि २० वटा भाइल प्रयोग गरिनु परिरहेको उनले बताए ! स्वास्थ्यकर्मी चन्द्रिका प्रसाद साहका अनुसार भारत र नेपालका व्यक्तिहरु उपचार गराउन आउने गरेको बताए ! नेपाल सरकारले उपलव्ध गरेको भयाक्सिन निशुल्क रुपमा विरामी हरुलाई दिने गरिएको छ !
सवै भन्दा बढी करैतको शिकार भएकाहरुमा एभिएस खर्च भैरहेको उनले बताए ! जिल्ला अस्पतालमा सर्प विरुद्धको भयाक्सिन प्रयाप्त अवस्थामा रहेको उनले जानकारी दिएका छन् ! घर आँगनमा पाइने करैत सर्पको शिकार बढी महिलाहरु नै भएको पाइएको छ ! घर भित्र भएको फोहरले यस्तो घटना हुने गरेकोले सावधानी अपनाएर कार्य गर्नु पर्ने सुझाव उनको रहेको छ ! गर्मि र बर्षातको मौसम भएकोले सर्प जमिन मुनिबाट बाहिर आउने गरेको हो !
प्रदेश सरकारले वितरण गर्न दिएको राहत सामग्री कुहाऊदै जनप्रतिनिधि
रौतहट ३२ साउन
रौतहट जिल्लामा अहिले राहत वितरणको लागि प्रदेश सरकारले पठाएको खाद्यान्न सामग्री कुहिएको घटना सार्वजनिक हुन् थालेको छ ! चिनबाट विश्व भरि नै फैलिएको कोरोना भाइरसको जोखिम नियन्त्रण रोकथामको लागि नेपाल सरकारले पहिलो चरणमा गरेको लकडाउनको मारमा परेका गरिव अति विपन्न बर्ग समुदायको व्यक्तिको लागि वितरण गर्न भनि दिइएको राहत सामग्री निर्वाचित जनप्रतिनिधिले वितरण नगरी गोदाममा एक वर्ष देखि थन्काएर राखेको खाध्य सामग्री कुहिएको छ !
साउन ११ गते रौतहटको देवाही गोनाही नगरपालिकामा रखिएको राहत सामग्री मेयर धर्मेन्द्र पटेलले खाल्डो खनी गाडेको घटना सेलाउदै नपाउदै राजदेवी नगरपालिका वडा नम्बर २ का वडामा ५० बोरा राहत सामग्री कुहिएको घटना सार्वजनिक भएको छ !
प्रदेश सरकारको नेतृत्व गरिरहेका दल निर्वाचित भएको ठाउमा नै प्रदेश सरकारले दिएको राहत सामग्री कुहिएको छ ! राजदेवी नगरपालिका वडा नम्बर २ को वडा कार्यालय हजमिनियामा २०७७ साल अषाढ महिना दिइएको राहत सामाग्री चामल ,दाल , खानेतेल , सोयाविन , नुन लगायतका खाध्य सामग्री सडेर बर्बाद भएको हो !
दलित समुदायको बसोवास भएको सो वडामा सनुप महतो नुनिया वडा अध्यक्ष रहेका छन् ! कोरोना महामारीमा भोकले छटपटिने गरिव ,दलित अपांग , मजदुरलाइ खानको लागि राहत नदिने वडा अध्यक्ष महतोले वडा कार्यालयको भवनमा राहत सामग्री सडाएको घटना प्रति स्थानीयहरु आक्रोशित भएका छन् !
स्थानीय सरकार गाउ गाउमा आएको कुरा कागजमा भएपनि व्यवहारिक रुपमा स्थानीयले अनुभूति गर्न पाएको छैन ! सत्ता र पावरको भरमा मातिएका जनप्रतिनिधिहरुले आफ्नो मानोपोली ढंगबाट गर्ने गरेको कार्यले सर्व साधारण जनता विछुव्ध भएको छ !
अखित्यर दुरुपयोग अनुसन्धान आयोगले विपक्षी बनाएर विशेष अदालतमा मुदा दायर गर्दा निलम्बन मा परेको कारण वितरण गर्न आएको राहत सामग्री वितरण नगरिएको जिकिर वडा अध्यक्ष महतोले गरेको छ ! ५ जना निर्वाचित जनप्रतिनिधि भएको वडामा एक जना वडा अध्यक्ष निलम्बनमा परे पछि बाकि जनप्रतिनिधि र वडा सचिवले वितरण किन नगरेको भनि प्रश्नको विषय भएको छ !
जनताको पिडामा मलहम लगाउनको निमित प्रदेश सरकारले दिएको राहत सामग्री कोठामा बन्द गरेर कुहाउने कार्य गर्ने जनप्रतिनिधि माथि कडा कार्यवाही गर्नु पर्ने स्थानीयहरुको माग रहेको प्रदेश सरकार ले यस प्रति गम्भीर भएर छान विन प्रक्रिया बढाएर कर्तव्य निर्वाह गर्नु पर्ने देखिन्छ !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here