काठमाडाैं ।। कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएको धेरै समय हुँदा असर कम हुने हो कि भन्ने भ्रममा नपर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको दुईदेखि तीन महिनाको अन्तरमा दोस्रो मात्रा लगाउनुपर्ने सुरुमा भनिए पनि खोप समयमा आइन पुग्दा ५ महिनापछि अहिले सरकारले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन सुरु गरेको छ ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो र दोस्रो खोपको मात्राबीचको अन्तर धेरै भयो भन्दैमा असर कम नहुने बताउनुभयो । खोपका लागि अनलाइन फारम भरेपछि मन्त्रालयबाट जानकारी नआए पनि पालो आउँदा नजिकको खोप केन्द्रमा सम्पर्क गर्न पनि उहाँले अनुरोध गर्नुभयो । विज्ञहरूले गरेको अध्ययनले पहिलो मात्राले पनि काम गरिरहने र धेरै समयको अन्तरालमा दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी हुने देखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । पहिलो मात्रा कोभिसिल्ड लगाएकाले दोस्रो मात्रा अस्ट्राजेनेकाको खोप लगाउन मिल्ने पनि सहप्रवक्ता अधिकारीको भनाइ छ ।
कोभिसिल्ड खोप लगाएको धेरै समय हुँदा असर कम हुने हो कि भन्ने भ्रममा नपर्न मन्त्रालयकाे अनुरोध,दोस्रो खोप लगाउन सकिने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।