काठमाडाैं ।। पछिल्लो केही हप्ता यता अफगानस्तानमा तालिवान विद्रोही समूहले बिभिन्न स्थान नियन्त्रणमा लिनेक्रम बढेपछि बिभिन्न देशले आफ्ना नागरिकलाइ फिर्ता बोलाउने क्रम सुरु भएको छ । तर नेपालले भने त्यहाँ रहेका नेपाली वा उनीहरूका आफन्तले चाहेमा मात्र आवश्यक निर्णय गर्ने भएको छ । करिब १५ सय नेपाली अफगानिस्तानमा पुगेको र त्यहाँको द्वन्द्वलाई नजिकबाट नियालीरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अफगानिस्तानमा रहेका नेपालीका बारेमा संसदीय समितिले केही दिनमा सरकारलाई निर्देशन दिने तयारी गरेको छ । प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले केही दिनमा बैठक बोलाएर सरकारलाई आवश्यक निर्देशन दिइने बताउनुभयो । तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहार र त्यसको नजिक रहेको लस्कर गाहमा कब्जा जमाएको छ । काबुलबाट बढीमा ८० किलोमिटर दक्षिणमा रहेको पुल–ए–आलम सहित आधा प्रान्तीय राजधानी तालिबानले कब्जा गरिसकेका खबर सार्वजजिक भइरहँदा त्यहाँ रहेका नेपालीका आफन्त भने चिन्तित छन् ।
अफगानिस्तानमा रहेका नेपाली बारे संसदीय समितिको चासो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।