काठमाडाैं ।। नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बैठक बस्ने बताइएको छ । बैठकमा तोकिएकै मितिमा महाधिवेशन गर्ने वा कार्यतालिका फेरबदल गर्ने भन्ने विषयमा मुख्य छलफल हुने छ । हिजो सभापति शेरबहादुर देउवाले आफू पक्षका नेताहरुसँग बैठक गरेर दिउँसो २ बजे पौडेल, सिटौलासहितका नेताहरुसँग छलफल गर्नुभएको थियो । देउवा पक्षीय नेताहरुको छलफलबाट पौडेललाई विश्वासमा लिएर महाधिवेशन सार्ने रणनीति तय भएको छ । तर, पौडेलले क्रियाशील सदस्यतामा भएको धाँधलीको तत्काल निवारण गरेर विवादरहित ढंगले महाधिवेशन सुरु गर्न र भदौ महिनाभित्र महाधिवेशन सक्नेगरी कार्यतालिका ल्याउन माग गरेका छन् । केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरुबीच छलफल हुने बताइएको छ । शीर्ष तहमा सहमति जुटेपछि मात्रै केन्द्रीय समितिमा कार्यतालिका पेश हुनुपर्ने सुझाव संस्थापनइतर समूहको छ । केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले महाधिवेशनको नयाँ कार्यतालिकामा सहमतिको प्रयास भइरहेको बताउनुभयो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशन हुने गरी कार्यतालिका ल्याउनेबारे नेताहरुबीच छलफल भइरहेको बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here