काठमाडाैं ।। पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६१६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा देशभर २ हजार ६१६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिबाट ५ हजार ७४९ परीक्षणमा ८६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ६५६ नमुना परीक्षणबाट ३ हजार ४८१ जनामा सङ्क्रमण देखिएको छ । २४ घण्टामा थप १ हजार ८८५ जना सङ्क्रमणमुक्त भएका छन् । आज नेपालमा कोरोना सङ्क्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।