काठमाडाैं ।। मनसुनी गतिविधि फेरि सक्रिय हुने भएको छ । भोलिदेखि मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने र त्यसैकारण देशभरि मनसुन सकृय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पर्सिदेखि केही दिन धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविदको भनाइ छ । पर्सि प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आगामी शुक्रबार तथा शनिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले विशेष मनसुन बुलेटिन जारी गरेर अनुरोध गरेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












