काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ५४८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार १२ हजार ३७८ जनाको परीक्षण गर्दा २ हजार ५४८ जनामा संक्रमण देखिएको हो।
नयाँ संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख १४ हजार ८७७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २९ जना संक्रमण मुक्त भएका छन्। यसका साथै संक्रमण मुक्त हुनेको कुल संख्या ६ लाख ६९ हजार २९९ पुगेको छ ।
२४ घण्टामा देशभर संक्रमण भएका ५५ जनाको मृत्यु भएको छ। यो सँगै देशभर कोरोना संक्रमणपछि मृत्यु हुनेको सङ्ख्या १० हजार ९३ पुगेको छ। देशभर संक्रिय संक्रमितको सङख्या ३५ हजार ४८५ पुगेको छ।
त्यसै गरी देशरभर कोरोना विरुद्धको खोप लगाउनेको सङख्या १ लाख ८४ हजार ३६ रहेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here