नुवाकोट ।। विद्युत सर्ट हुँदा नुवाकोटको दुप्चेश्वर गाउँपालिका ५ मा एक महिलाको मृत्यु भएको छ । कुखुराको खोरमा विद्युत सर्ट हुँदा ५६ बर्षिया कुशकुमारी पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । आफ्नै कुखुरा फार्ममा बत्ति वाल्ने क्रममा करेण्ट लागेर मृत्यु भएको नुवाकोट प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक हरिवहादुर वलीले बताउनुभयो । करेण्ट लागेर अचेत हुनुभएका पण्डितको खरानीटार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here