बुटवल ।। लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन सांसद पदमुक्त भएका छन् ।जसपा अध्यक्ष महन्थ ठाकुर समूहका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय सांसद पदबाट पदमुक्त भएको प्रदेश सभा सचिवालयले जनाएको हो ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै जसपाका तीन प्रदेश सांसद पदमुक्त भएको जानकारी दिए। सांसदबाट पदमुक्त भएका तीनै जना मुख्यमन्त्री शंकर पोखरले नेतृत्वको प्रदेश सरकारमा मन्त्री छन् ।
पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको जसपा संसदीय दलका नेता सहसराम यादवले बताए ।
उनका अनुसार ११ साउनमा यादव पक्षले निर्वाचन आयोगबाट पार्टीको आधिकारिता पाएलगतै लुम्बिनीका ती सांसदहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here