काठमाडाैं ।। इजरायलले नेपालबाट सुसारे अर्थात केयर गिभरको रुपमा १ हजार नेपाली दक्ष श्रमिकको माग गरेपछि वैदेशिक रोजगार विभागले आवेदन खुलाएको छ । इजरायलबाट बालबालिका र वृद्धवृद्धाको हेरचाह गर्ने कामदारको रुपमा माग आएको हो । इजरायल र नेपाल सरकारबीच भएको सम्झौता अनुसार इजरायलबाट माग आएको र आज विज्ञापन खुलाइएको वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा काम गर्नका लागि योग्यता पुगेका नेपाली नागरिकले आवेदन खुला गरिएको २१ दिनभित्रमा विभागको वेबसाइटबाट आवेदन दर्ता गर्न सक्नेछन् । अनलाइन आवेदन वैदेशिक रोजगार विभागको वेबसाइट ferms.dofe.gov.np मा गएर भर्न सकिनेछ । नेपालबाट २५ देखि ४५ वर्ष उमेरका, कक्षा १२ उतीर्ण गरेका , यससम्बन्धि तालिम लिएका तथा स्वास्थ्य सम्बन्धी विषय पढेका व्यक्ति इजरायल जान पाउनेछन् । नेपाल र इजरायल सरकारबीच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउने विषयमा श्रम सम्झौता भएको थियो । प्रतिष्पर्धाको आधारमा श्रमिक छनौट हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here