काठमाडौं ।। आज देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ११ हजार ६ सय ६४ जनामा परीक्षण गर्दा २ हजार ४ सय ४५ जनामा संक्रमण पुष्टी भएको छ। मन्त्रालयका अनुसार यसका साथै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ६ लाख ६८ हजार ७ सय ५१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १ हजार २ सय ५८ जना कोरोना सङ्क्रमणमुक्त भएको र थप ३२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३ सय ३२ पुगेको छ भने मृत्यु हुनेको संख्या ९ हजार ५ सय ८२ पुगेको छ ।
हाल सम्म देशभर २५ हजार ८ सय ३७ सक्रिय संक्रमितको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here