रौतहट ।। लिंगको अधारमा गरिने हिंसालाई न्यूनिकरण गर्न विभिन्न कार्यक्रम संचालनमा रहेको अवस्था पत्रकारहरुको भुमिका पनि महत्वपूर्ण हुने बताएको छ ।
समान र न्यायीक समाजको लागि लैङ्गकि हिंसा न्यूनीकरण परियोजना अन्तर्गत ग्रामीण बिकास केन्द्र (आरडिसी) नेपाल रौतहटको आयोजना ईस्लामीक रिलिफ नेपाल, ईस्लामीक रिलिफ क्यानाडा र नेपाल सरकारको सहयोग तथा नेपाल पत्रकार महासंघ रौतहट शाखाको सहकार्यमा आयोजित लैङ्गिक हिंसा सम्बन्धि मुद्दा, हिंसाको समाजिक र आर्थिक कारकहरु, कानुनी उपकरण र लिङ्गक हिंसालाई प्रभावकारी मिडिया रिपोर्टिङ मार्फत सम्बोधन गर्ने बारे सम्बन्धित मिडियाकर्मिलाइ अभिमुखिकरण कार्यक्रमको उदघानलाई सम्बोधन गर्दै वक्ताहरुले बताउनु भएको हो ।
नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सदस्य शैलेन्द्र झाले विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्नु हुदै, लिंगको अधारमा जहाँ जस्को बहुमत हुन्छ त्यहाँको अल्पमतमा रहेकाहरु माथि हिन्सा हुदै आएकाले त्यस्ता लैंगिक हिन्सा लगायतका हिन्साहरुको न्यूनिकरणमा पत्रकाहरुको अहमभुमिका हुने बताउनु भयो ।
आरडिसी नेपालका अध्यक्ष पासर हुसैनको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा रहनुभएको थियो । कार्यक्रममा रौतहटका संचारकर्मीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
लैङ्गकि हिंसा न्यूनीकरणमा मिडियाको भुमिका महत्वपुर्ण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।