काठमाडाैं ।। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ । हिजो सिंहदरबारमा बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले असोज मसान्तभित्र एक तिहाई र चैत्र मसान्तभित्र सबै नागरिकलाई खोप उपलव्ध गराउने निर्णय भएको हो । बैठकले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ । उहाँले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तीमा खटिएकाहरुलाई जोखिम भत्ता एक हप्ताभित्र उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । यसअघि हिजो साँझ नै प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गर्नुभएको थियो । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीताको शपथ लिएपछि देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here