सांकेतिक तस्विर

एजेन्सी ।। इराकको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि ६० जनाको मृत्यु भएको छ । इराकको दक्षिण प्रान्त धिक्वारमा सो दुर्घटना भएको हो । उक्त अस्पतालमा कोभिड (१९ ) का विरामीहरुको उपचार जारी रहेको थियो । अस्पतालमा गए राति अकस्मात आगो लागेको थियो । सो अस्पताल इराकको राजधानी बगदादबाट करिब ३७५ किलोमीटर टाढा रहेको छ । नासियारा शहरको सो अस्पतालमा आगलागी भएको बिबिसिले जनाएको छ । आगलागीबाट अरु केही विरामीहरु घाइते भएका छन् । अस्पतालमा आगो लागेपछि ठूलो संख्याका अग्नि नियन्त्रकहरु आगो निभाउनका लागि खटाइएको थियो । तर उनीहरुले पनि लामो समयसम्म आगो नियन्त्रणमा लिन नसकेपछि ठूलो क्षति हुन पुगेको बताइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here