काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ११ हजार ५ सय ८४ कोरोना परीक्षण गर्दा २ हजार ३ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताएको छ । मन्त्रालयका थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ६ लाख ५७ हजार १ सय ३९ पुगेको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १ हजार १ सय ३३ जना कोरोना सङ्क्रमणमुक्त भएको र थप २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ भने मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here