काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सर्बोच्च अदालतले गरेको आदेशको स्वागत गरेका छन् ।संसद् पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी भएपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल उत्साहित देखिएका छन् ।
जसरी पनि केपी शर्मा ओलीलाई सत्ताबाट च्यूत गर्ने ध्याउन्नमा लागेका नेपालले सर्वोच्चको फैसलालाई स्वागतयोग्य बताएका छन् । उनले सर्वोच्चले संविधान र संसद्को गरिमालाई रक्षा गरेको प्रतिक्रिया दिएका छन् ।
सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता नेपालले सरकारको प्रमुखले जे पनि गर्न मिल्ने भन्ने भ्रम आजको फैसलाले तोडिदिएको बताएका छन् । उनले संविधानमा रहेका कतिपय व्याख्या गर्नुपर्ने कुरामा पनि स्पष्टता ल्याइदिएको टिप्पणी गरेका छन् ।
उनले अब प्रधानमन्त्री र अन्य निकाय पनि संविधानको दायराभित्रै बस्नुपर्छ भन्ने सन्देश सर्वोच्चको आजको फैसलाले दिएको दावी गरेका छन् । दोस्रो पटक पनि सर्वोच्चले नै संविधानलाई जीवन दिएको र संसद्को रक्षा गरेको उल्लेख गरेका छन् ।
सर्बोच्चले आज दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतद्धारा परमादेश जारी गरेको छ ।
Home मुख्य समाचार संसद् पुनःस्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी भएपछि माधव...
संसद् पुनःस्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी भएपछि माधव नेपाल उत्साहित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












