काठमाडाैं ।। आजदेखि फेरि वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार आगामी २÷३ दिन देशभर मनसुन सक्रिय हुने देखिएको हो । हल्कादेखि मध्यसम्म वर्षा देशभर हुने सम्भावना छ भने गरी लुम्बिनीदेखि प्रदेश १ सम्म अलि बढी वर्षा हुने देखिएको छ । सुदूरपश्चिम र कर्णालीमा केही कम हुने देखिएको छ । आज पनि प्रदेश १, २, बागमती र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको छ भने लुम्बिनीका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि देखिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।