रौतहट ।। रौतहटको कटहरिया नगरपालिकामा कार्यवाहक नगर प्रमुखको पदभार उप प्रमुखले सम्हाल्नु भएको छ । मंगलबार एक कार्यक्रमकाबिच माओवादी केन्द्रबाट निर्वाचित कटहरिया नगरपालिकाका उपप्रमुख नुर जहा खातुनले नगर प्रमुखको कर्यवाहक पदभार सम्हाल्नु भएको छ । गत असार ११ गते निर्वाचन आयोगले एक सुचना जारी रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुस्वाहासहित ७ जना प्रमुख तथा उपप्रमुखहरुको पद रिक्त भएको जनाएको थियो । अन्य नगरपालिकाका कारवाहीमा परि रिक्त भएका प्रमुख तथा उपप्रमुखहरुको पद भने रिक्त अबस्थामा नै रहेका छन ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई अलग गराइ दिएपछि कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुस्वाहा एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गरेका माओवादी केन्द्रबाट विजयी हुनु भएका कुस्वाहालाई माओवादी केन्द्रले कारवाही गरि निर्वाचन आयोगलाई पत्र पठाइएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here