काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख २९ हजार ४३१ जना तथा एन्टिजेन विधिबाट २९ हजार ९३४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
यसका साथै दशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३० हजार ३२८ पुगेको छ ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५१८ जना निको भएका छन् । नेपालमा ७ लाख ७० हजार ९५८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९०।७ प्रतिशत रहेको छ ।
।पछिल्लो २४ घण्टामा थप २४ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ९१८ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु दर १।५ प्रतिशत रहेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ । हाल ४६ हजार ५०२ जना होम आइसोलेसनमा,३ हजार ५३ जना संस्थागत आइसोलेसनमा,७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेका छन्
देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।