काठमाडाैं ।। मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै गत जेठ २५ गते सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो र दुवै पक्षलाई छलफलमा बोलाएको थियो । सर्वाेच्चले लिखित जवाफ माग गरेपछि फेरि मिन्त्रपरिषद् विस्तार गरेकाले पुरक निवेदनसमेत दर्ता भएको छ । यसअघि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीलाई मन्त्रिपरिषद् पुनर्गठनको कारण लिखित रुपमा पेश गर्न भनेको थियो । अब दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने वा नदिने टुङ्गो लाग्ने भएको छ । रिटमा कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।