विराटनगर ।। प्रदेश नम्बर एक सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आज प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख, पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुटाइएको छ । यो वर्षको बजेट अघिल्लो आर्थिक वर्षको भन्दा करिब ७ अर्ब कम छ । स्थानीय तहतर्फ सरकारले ३ अर्ब २२ करोड ४२ लाख बजेट बिनियोजन गरेको छ । प्रादेशिक गौरवको विराटनगरको घिनाघाटदेखि बिराट चौकसम्मको निर्माणधिन सडकका लागि ५ अर्ब २१ करोड बिनियोजन गरिएको छ । त्यसैगरी मुख्यमन्त्री ग्रामिण सडक आयोजनाका लागि ३२ करोड बिनियोजन भएको छ । स्वास्थ्य क्षेत्रमा ३ अर्ब २५ करोड र शिक्षा क्षेत्रको पूर्वाधार विकासमा १ अर्ब १९ करोड बजेट छ । राष्ट्रपति आमा सम्मान तथा सासु बुहारीलाई सम्मान कार्यक्रमको शुरुवात गरिने बजेटमा उल्लेख छ । युवा तथा खेलकुदको क्षेत्रमा मुख्यमन्त्री युवा उद्यमशिलताको लागि १० करोड बिनियोजन गरिएको छ । आगामी आर्थिक बर्षमा प्रदेश खेलकुद परिषद गठन हुनेछ । समग्र कृषि क्षेत्रमा २ अर्ब ९० करोड बिनियोजन गरिएको छ । आगामी बर्षदेखि मेरो कृषि मेरो गौरव कार्यक्रमका लागि ५ करोड ७२ लाख बिनियोजन भएको छ । उद्योग बाणिज्यको क्षेत्रमा १८ करोड बजेट छुट्याइएको छ । पर्यटन क्षेत्रमा ८३ करोड ३८ लाख बजेट बिनियोजन गरिएको छ ।
प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख बजेट ल्यायो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।