काठमाडाैं ।। लोक सेवा आयोगले रोकिएका सबै परीक्षा दसैँअघि गरिसक्ने तयारी गरेको छ । कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्यतालिकाअनुसार कसरी अगाडि बढ्ने भन्नेमा आयोगले आन्तरिक तयारी गरेको हो । आयोगमा पदाधिकारी नहुँदा र कोरोनाका कारण खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा बाधा पुगेको छ । लोक सेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार आयोगका पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेकाले आन्तरिक रूपमा मात्रै काम गरिएको छ । उहाँले कोरानाका कारण विज्ञापन भएका कतिपय पदको परीक्षा हुन बाँकी रहेको जानकारी दिनुभयो । साउनमा परीक्षा सञ्चालनको सूचना निकाल्ने तयारी रहेको जानकारी दिँदै उहाँले कोभिड सङ्क्रमणको अवस्थामा निर्भर गर्ने बताउनुभयो । आयोगका प्रवक्ता तोयनारायण सुवेदीले अघिल्लो आर्थिक वर्षको खरिदार पदको प्रवेश परीक्षा भएर मूल परीक्षा रोकिएको जानकारी दिनुभयो ।
लोक सेवा आयोगले रोकिएका सबै परीक्षा दसैँअघि गरिसक्ने तयारी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।