एजेन्सी ।। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले हातपात गरेका छन् । सडकमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहँदा एक व्यक्तिले राष्ट्रपति म्यांक्रोलाई झापड हानेका हुन् । सिएनएनका अनुसार उक्त घटना लगत्तै राष्ट्रपति म्यांक्रोका सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएका थिए । उक्त घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई सुरक्षाकर्मीले पक्राउ गरेको छ । फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको उल्लेख छ । वक्तव्यमा राष्ट्रपतिको नियमित कार्यक्रम यथावत रहने बताइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here