नुवाकोट ।। कोरोनाको संङक्रमण बढ्दै गएपछि नुवाकोटको विदुर नगरपालिकाले निशुल्क औषधी वितरण सुरु गरेको छ । निषेधाज्ञाका कारण औषधी उपचार नपाएका वृद्धवृद्धा, दीर्घरोगीहरुलाई नगरपालिकाको वडा नं. ५ पिलटारमा निःशुल्क औषधी वितरण सुरु गरिएको हो । वडामा रहेका असहाय, दलित र विपन्न व्यक्तिहरुलाई निःशुल्क औषधी वितरण गरेको वडा न ५ का वडाध्यक्ष शिवकुमार चित्रकारले बताउनुभयो । औषधी वितरणको पहिलो चरणमा एक महिनालाई पुग्नेगरी औषधी वितरण गरीएको हो । त्यसपछी पनि औषधी आवश्यक परेमा वडालाई टेलिफोन सम्पर्क जानकारी गराएमा वडामा रहेका स्वास्थ्य स्वास्थ्यकर्मिले घरमै गएर सेवा दिने वडाध्यक्ष चित्रकारले जानकारी दिनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।