रौतहट ।। रौतहटमा एक जना वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिकाका एक जना वडाध्यक्षको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
कोरोना संक्रमणका कारण बिहीबार राति गरुडा नगरपालिका–२ गेडही गुठीका वडाध्यक्ष विष्णुदेव सहनीको मृत्यु भएको हो।
उनको उपचारको क्रममा काठमाडौंको सिटी अस्पतालमा मृत्यु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्द मुस्ताक आलमले जानकारी दिए।
कोरोना संक्रमित वडाध्यक्ष सहनी मुटुको समेत बिरामी रहेको तथा उनको बाईपास सर्जरी भएको उनले बताए।
कोरोना संक्रमण भएर बिरामी भएपछि एक महिनादेखि उनको काठमाडौंमै उपचार हँुदै आएको थियो। उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएको आलमले बताए।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।