रौतहट ।। प्रहरीको नाममा रकम असुली गर्ने एक जनालाइ रौतहट प्रहरीले पक्राउ गरेको छ । स्थानीय गौर नगरपालिका वडा नम्बर २ महादेवपट्टी टोलमा प्रहरी कर्मचारी भएको भन्दै स्थानीयलाइ धाक धमकी दिदै आएका सोहि वडा निवासी रमन पटेलको ३० वर्षीय छोरा सुशील पटेललाइ प्रहरीले पक्राउ गरेको हो ।
नक्कली प्रहरी बनेर निशेधाज्ञाको अवधिमा सिमा परि गरिदिने प्रलोभन दिएर रकम असुली गर्ने गरेको आएको सुचनाको आधारमा पटेललाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपाल भारत खुल्ला सिमा भएकोले निशेधाज्ञाको अवस्थामा नेपाली नागरिकहरु दैनिक उपभोग्यको सामग्री भारतको बैरगनिया बजारमा जाने गरेको छ ।
भारतको बैरगनिय जाने तथा बैरगनियाबाट आउने स्थानीय व्यक्ति सित पटेलले नेपाल प्रहरीको कर्मचारी भएको भनेर रकम लिने कार्य गर्दै आएकोमा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका पटेललाइ हिरासतमा राखेर थप अनुसन्धानको कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिएका छन् ।
नक्कली प्रहरीको नाममा रकम असुली गर्ने एक युवक पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।