रौतहट ।। मकै बारीमा लगाएको विजुलीको कारण करेन्ट लागेर महिलाको मृत्यु भएको आरोपमा रौतहट प्रहरीले २ जनालाइ पक्राउ गरेको छ ।
१२ कठ्ठा जग्गामा लगाएको मकै बारीको चारै तिरबाट विधुतको पोलबाट नाङ्गो तारमा करेन्ट प्रवाह गरेको कारण आइतवार बेलुकीको समयमा विजुलीको करेन्ट जड़ान गरेको तारमा अझिएर स्थानीय परोहा नगरपालिका वडा नम्बर २ निवासी राजकरण पासवानको २२ वर्षीय पत्नी गुडिया देवी पासवानको मृत्यु भएको थियो ।
घटना स्थल मै मृत्यु महिलाको मृत्यु भएपछी फरार रहेका स्थानीय दिप राय यादवको ६० वर्षीय छोरा तिलाई राय यादव र प्रमोद राय यादवको ४८ वर्षीय छोरा राम विनय राय यादवलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटना पश्चात फरार रहेका दुवै जनालाइ खोज तलाश गर्ने क्रममा लुकी छिपी बसेको अवस्थामा प्रहरीको टोली पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिएका छन् । पक्राउ परेका दुवै जनालाइ रौतहट जिल्ला अदालतबाट अनुसन्धानको लागि हिरासतमा राख्न ९ दिनको अनुमति लिइ थप अनुसन्धानको कार्य अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here